Kathmandu Press

‘स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुप काम गर्न सकेन’ 

शुक्रबार स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताए।
‘स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा आवश्यकता अनुरुप काम गर्न सकेन’ 

काठमाडौं, पुस १९ : स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमाले नेपालको स्वास्थ्य क्षेत्रमा राहत दिए पनि आवश्यकता अनुसारको काम गर्न नसकेको बताएका छन्।  

शुक्रबार स्वास्थ्य बीमा क्षेत्र सुधार गर्नका लागि गठित सुधार समितिको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा उनले बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत दिएको तर यो आशिंक मात्र भएको बताए।

‘नेपालको स्वास्थ्य बिमाको बारेमा धेरै खाले बिषयहरु हामीले देखीरहेका छौं। विध्यमान बिमा व्यवस्थाले नेपालको स्वास्थ्य क्षेत्रमा केही राहत केही सुविधाहरु उपलब्ध गराएको छ,’ उनले भने, ‘तर यो आशिंक मात्र छ आवश्यकता अनुसारको छैन। व्यवस्थित छैन लक्षित समुहले पूर्णरुपमा लाभ लिने गरि यो अघि बढ्न सकेको छैन।’

मन्त्री पौडेलले बिमालाई व्यवस्थित बनाउन नीति, योजना जरुरी भएकोले यस बारेमा अध्ययन गरिरहेको बताए।
 
प्रकाशित मिति: १६:२० बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्