Kathmandu Press

कर्णाली प्रदेश सभा माघ ७ गते बोलाउन सिफारिस

शुक्रबार मुख्यमन्त्री यमलाल कँडेलकाे अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।
कर्णाली प्रदेश सभा माघ ७ गते बोलाउन सिफारिस

सुर्खेत, पुस १९ : कर्णाली प्रदेश सभा बैठक माघ ७ गते बोलाउन सिफारिस गरिएको छ। 

शुक्रबार मुख्यमन्त्री यमलाल कँडेलकाे अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले माघ ७ गते प्रदेश सभा बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो।

सरकारको सिफारिसमा अब प्रदेश प्रमुखले कर्णाली प्रदेशसभाको पाँचौं अधिवेश बोलाउने छन्। 

गत असोज १५ गते प्रदेश सभाको चौथो अधिवेशन स्थगित भएको थियो। 

प्रदेश सभा अधिवेश सुरु नहुँदा तीन संसदीय समितिले नेतृत्व पाउन सकेका छैनन्। प्रदेशसभाका ४ मध्ये तीन समिति ६ महिनादेखि नेतृत्वविहीन छन्।

प्रकाशित मिति: १५:४६ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्