Kathmandu Press

अमेरिकामा ब्यापारी र अस्पताललाई लक्षित गरेर ४ खर्ब ८४ अर्ब डलरको राहत प्याकेज घोषणा

काठमाडौं, वैशाख १२ : अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभले ४ खर्ब ८४ अर्ब अमेरिकी डलरको दोस्रो चरणको नयाँ राहत प्याकेज पारित गरेको छ ।

कोरोनाभाइरसको महामारीबाट पीडित साना व्यवशायी र अस्पताललाई राहत दिन तथा कोरोना परीक्षण तीब्र पार्न उक्त राहत खर्च हुने बताइएको छ ।

अहिले कोरोना भाइरसबाट सबैभन्दा बढी अमेरिका प्रभावित भएको छ । अमेरिकामा ८ लाख ४७ हजार मानिस संक्रमित भइसकेका छन् भने ४९ हजार ८ सयले ज्यान गुमाएका छन्। 

यसअघि पनि अमेरिकाले अहिलेसम्मको २० खर्ब डलरको राहत प्याकेज घोषणा गरेको थियो । अहिले साना ब्यापारीलाई राहत दिन त्यसैको पूरक प्याकेज ल्याइएको जनाएको छ। 

संसदले पारित गरेको नयाँ प्याकेज अनुसार ३ खर्ब १० अर्बको कोष साना ब्यापारीका लागि हो, जसका कारण ती ब्यापारीले आफ्ना कर्मचारीलाई तलब दिन सकुन् ।नयाँ राहत प्याकेजअनुसार अस्पतालले ७५ अर्ब अमेरिकी डलर पाउनेछन् भने कोरोना भाइरस टेस्टका लागि २५ अर्ब डलर पाउनेछन् ।

प्रकाशित मिति: ०७:३४ बजे, शुक्रबार, वैशाख १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्