Kathmandu Press

पशुपति कोषविरुद्ध दायर रिट उच्च अदालतद्वारा खारेज 

परिषद् सदस्य राजुकुमार खत्री र रेणुका पराजुलीको योग्यतामाथि प्रश्न उठाउँदै मुकेश कुमार दीक्षितले उच्च अदालत पाटनमा गत भदौ २३ गते रिट निवेदन दर्ता भएको थियो। 
पशुपति कोषविरुद्ध दायर रिट उच्च अदालतद्वारा खारेज 

काठमाडौं, पुस १९ : पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का दुई जना सदस्यको योग्यतामाथि प्रश्न उठाउँदै दायर भएको रिट खारेजीको फैसला भएको छ। 

परिषद् सदस्य राजुकुमार खत्री र रेणुका पराजुलीको योग्यतामाथि प्रश्न उठाउँदै मुकेश कुमार दीक्षितले उच्च अदालत पाटनमा गत भदौ २३ गते रिट निवेदन दर्ता भएको थियो। 

Hardik ivf

उच्चका न्यायाधीशद्वय ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले खारेज गरेपछि खत्री र पराजुलीले आरोपबाट सफाई पाएका छन्। 

कानुनी प्रक्रिया र योग्यताको मापदण्ड पूरा नगरी राजनीतिक पहुँचका आधारमा नियुक्त भएको दाबी रिट निवेदकको थियो। खत्री २०८० साउन १२ गते र पराजुली २०८० मङ्सिर १९ मा सदस्य मनोनीत भएका थिए। 

प्रकाशित मिति: १४:४१ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्