Kathmandu Press

कीर्तिमानी आरोही मिङ्मा जी शेर्पाको भव्य स्वागत [तस्बिरहरू]

विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजनविना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शक्रबार स्वदेश फर्किएका हुन्।
कीर्तिमानी आरोही मिङ्मा जी शेर्पाको भव्य स्वागत [तस्बिरहरू]

काठमाडौं, पुस १९ : कीर्तिमानी पर्वतारोही मिङ्मा जी शेर्पा स्वदेश फर्किएका छन्। विश्व कीर्तिमानी माउन्टेन गाइड मिङ्मा जी शेर्पा अक्सिजनविना नै आठ हजार मिटर अग्ला १४ वटा हिमालको सफल आरोहण गरि शक्रबार स्वदेश फर्किएका हुन्।

स्वदेश फर्किएका उनलाई नेपाल पर्वतारोहण संघले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरेका छन्।

शेर्पाले अक्सिजनको सहायताविना विश्वका आठ हजार मिटर अग्ला सबै शिखर आरोहण गर्ने पहिलो नेपालीको रेकर्ड बनाएका छन्। शेर्पाले सातवटै महादेशका सर्वोच्च शिखर आरोहण पनि गरेका छन्।

Photos-(7)-(2)-1735891978.jpg

स्वदेश फर्किएका जी शेर्पाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सानैदेखीको नेपाललाई विश्वसामू चिनाउने आफ्नो  सपना पूरा भएको बताए। उनले सातवटै महादेशको हिमालहरु सफलतापूर्वक आरोहण गर्न सक्दा खुसी भएको बताए।

‘मेरो एउटा सपना थियो नेपाललाई विश्वसामू चिनाउने आज यो  लगभग पूरा भएको छ। हामी नेपालीहरु पनि विश्वसामु चिनिनुपर्छ,’ उनले भने, ‘विश्वको जुनसुकै देशमा भए पनि हामी नेपाली पनि हरेक क्षेत्रमा अब्बल छौं भन्ने प्रमाणित गर्न सक्नुपर्छ।’

यसैगरी उनले बिना अक्सिजन आरोहण गर्न धेरै अप्ठ्यारो नभएको बताए।

Photos-(8)-(5)-1735892038.jpg

Photos-(2)-(25)-1735892038.jpg

Photos-(16)-(3)-1735892112.jpg

Photos-(10)-(6)-1735892041.jpg

Photos-(11)-(2)-1735892111.jpg

Photos-(9)-(3)-1735892041.jpg

Photos-(14)-(2)-1735892165.jpg

Photos-(18)-(1)-1735892601.jpg

Photos-(17)-(2)-1735892600.jpg

 

 

 

प्रकाशित मिति: १४:०१ बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्