Kathmandu Press

१८ उपसचिवको सहसचिवमा र ५७ अधिकृतको उपसचिवमा बढुवा सिफारिस 

कार्यसम्पादन मूल्यांकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि शुक्रबार सूचना निकालेको छ।
१८ उपसचिवको सहसचिवमा र ५७ अधिकृतको उपसचिवमा बढुवा सिफारिस 

काठमाडौं, पुस १९ : निजामती प्रशासनका १८ जना उपसचिवको सहसचिवमा र ५७ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ। 

कार्यसम्पादन मूल्यांकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाका लागि शुक्रबार सूचना निकालेको छ।

शतप्रतिशत प्राप्तांक सहित सहसचिवमा बढुवा सिफारिस हुने उपसचिवहरूमा प्रेमप्रसाद लुइँटेल, रामदत्त पाण्डे, लक्ष्मण ढकाल, विनिता भट्टराई, दिलकुमार तामाङ, लक्ष्मी पाण्डेय(गौतम), मनिता श्रेष्ठ, लोकबहादुर सुनार, जगदीश्वर उपाध्याय, नारद गौतम, निर्मल ढकाल, वीरेन्द्रकुमार मिश्र, राजेन्द्रकुमार हमाल, इन्द्रप्रसाद बस्याल, शिवप्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाही छन्। 

उपसचिवमा बढुवा सिफारिस ३९ जना प्रशासनतर्फ, ११ लेखा र सातजना राजस्व समूहका कर्मचारी रहेका छन्।

प्रकाशित मिति: १३:४४ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्