Kathmandu Press

‘सत्तामा हुदाँ धर्म बिर्सने र बाहिर जाने वित्तिकै पवित्र ठान्ने प्रवृत्ति छ’ 

उनले एकले अर्कोलाई दोष लगाउने खेलहरु भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहको बताए। 
‘सत्तामा हुदाँ धर्म बिर्सने र बाहिर जाने वित्तिकै पवित्र ठान्ने प्रवृत्ति छ’ 

काठमाडौं, पुस १९ : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले सत्ताभन्दा बाहिर जाँदा सबैभन्दा बढी पवित्र हुने र सत्तामा हुँदा त्यसलाई बिर्सने खालको परिस्थिति निर्माण भएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित पत्रकारमहासंघका नवनिर्वाचित पदाधीकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले एकले अर्कोलाई दोष लगाउने खेलहरु भइरहेको भन्दै भ्रष्टाचार नियन्त्रणको लागि एउटा निश्चित मापदण्ड बनाउन आवश्यक रहको बताए। 

Hardik ivf

‘हामीले धेरै ब्लेम गेमहरु गर्यौं । एकले अर्कोलाई दोष लगाउने, अर्कोले अर्कोलाई दोष लगाउने,’ उनले भने, ‘जब सत्ताभन्दा बाहिर गयो सबैभन्दा बढी पवित्र हुने सत्तामा हुँदा जो भएपनि त्यसलाई बिर्सने खालको जुन स्थिति छ त्यसलाई एउटा निश्चीत मापदण्ड बनाउ भ्रष्टाचार नियन्त्रणको लागि।’

उनले शासनको पहिलो सर्त भ्रष्टाचारमुक्त समाज रहेको भन्दै जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन् तबसम्म सुशासन कायम नहुने बताए। 

वर्तमान समयमा सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको पनि उनको भनाई छ। 

‘हामी सुशासनको नाममा निरन्तर भक्ति त प्रदर्शन गरिरहेको छौं, तर सुशासनको पहिलो र प्रमुख सर्त भनेको भ्रष्टाचारमुक्त समाज हो,’ नेता केसीले भने, ‘जबसम्म भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सकिँदैन् तबसम्म सुशासन कायम हुँदैन। त्यो सुशासनको सट्टा दुशासनको परिवेश निर्माण भएको अवस्था छ।’

सबै भ्रष्टाचारका फाइलहरू खोल्ने भन्दा पनि जे जति चर्चामा छन् त्यो फाईलहरुलाई पहिला टुङ्गो लगाउन आवश्यक रहेको उनको भनाई छ।  
 

प्रकाशित मिति: १३:२८ बजे, शुक्रबार, पुस १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्