Kathmandu Press

मुगुमा भूकम्पको धक्का 

आज बिहान  ८ बजेर ३ मिनेट जाँदा  भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । 
मुगुमा भूकम्पको धक्का 

काठमाडौँ, पुस १९ : मुगुमा भूकम्प भएको छ। 

आज बिहान  ८ बजेर ३ मिनेट जाँदा  भएको कम्पन ४.४ रिक्टर स्केल मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। 

केन्द्रका अनुसार बिहीबार अपराह्न पनि सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर ४.८ रिक्टर स्केलको कम्पन भएको थियो। 

यही पुस १६ गते पनि बैतडी केन्द्रविन्दु भएर ४.६ रिक्टर स्केलको कम्पन भएको थियो। 

प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, पुस १९, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्