राष्ट्रपति र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौं, वैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता भएको छ।
बिहीबार साँझ शीतल निवासमा भएक....

काठमाडौं, वैशाख ११ : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली भेटवार्ता भएको छ।
बिहीबार साँझ शीतल निवासमा भएको भेटमा प्रधानमन्त्री ओलीले पछिल्ला घटनाक्रम र समसामयिक विषयमा राष्ट्रपति भण्डारीलाई जानकारी गराएका थिए।
करिव एक घण्टा भएको भेटमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच सरकारले ल्याएका अध्यादेशका विषयमा पनि कुराकानी भएको शीतलनिवास स्रोतले जनाएको छ।
यसअघि बिहान प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो। उक्त भेटमा प्रधानमन्त्री ओलीले सरकारले ल्याएका अध्यादेश फिर्ता लिने बताएका छन्।
नेकपाका बहुमत सचिवालय सदस्यहरुले सरकारले ल्याएका अध्यादेश फिर्ता लिनु पर्ने बताउँदै आएका छन्। बिहीबार नै भैँसेपाटीस्थित उपाध्यक्ष बामदेव गाैतमको निवासमा अध्यक्ष प्रचण्डसहित ६ जना सचिवालय सदस्यहरुको अनाैपचारिक बैठकले अध्यादेश फिर्ता लिनु पर्ने निष्कर्ष निकालेको छ।
बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र नारायणकाजी श्रेष्ठ सहभागी थिए।





-1792762148.jpeg)





