Kathmandu Press

नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्।
नेपाल प्रहरीका पाँच एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौं, पुस १८ : नेपाल प्रहरीका पाँच जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरूलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवाका लागि सिफारिस भएका छन्।

बिहीबार बसेको गृह मन्त्रालयको बढुवा समितिको बैठकले पाँच जना एसपएसपीलाई डिआइजीमा बढुवा गर्न सरकारलाई सिफारिस गरेको हो।

Hardik ivf

बढुवा सिफारिसमा परेका पाँच एसएसपीमध्ये  नेपाल प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत एसएसपी ईश्वर कार्की पहिलो नम्बरमा छन्। उनले कार्यसम्पादन मूल्यांकन १०० ७२.५२२४ प्राप्त गरेका छन्।

दोस्रो नम्बरमा बढुवा सिफारिस भएका एसएसपी राजेन्द्र ठाकुर छन्। उनी कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेतमा कार्यरत छन्। १०० पूर्णांकमा उनको कासमु ७२.०२२४ छ।

त्यस्तै तेस्रो नम्बरमा लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंमा कार्यरत दिनेशकुमार आचार्य छन्। चौथोमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टंगालमा कार्यरत अरूण पौडेल र पाँचौंमा प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभाग वृत्ति विकास महाशाखा नक्सालमा कार्यरत गोविन्द थपलिया छन्।

गृहको सिफारिसपछि मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि उनीहरूको पदोन्नति हुनेछ।

472074389_917086670553857_5478301537514445419_n-1735829549.jpg
 

प्रकाशित मिति: २०:३० बजे, बिहीबार, पुस १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्