Kathmandu Press

बालकलाकार सचिन परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन्।
बालकलाकार सचिन परियारको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
फाइल तस्बिर।

काठमाडौं, पुस १८: प्रधानमन्त्री केपी शर्मा ओलीले बालगायक सचिन परियारको निधनप्रति दुःख व्यक्त गरेका छन्।

उनले बिहीबार सामाजिक सञ्जालमार्फत परियारको निधन भएको खबरले निकै दुःखी भएको उल्लेख गरेका छन्।

'बालगायक सचिन परियारको निधन भएको खबरले धेरै दुःख छु । एकजना प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्रै प्रतिक्रिया दिनुपर्छ भन्ने सबैलाई पाठ सिकाएको छ। बालगायक सचिनलाई हार्दिक श्रद्धाञ्जली,' फेसबुकमा प्रधानमन्त्री ओलीले लेखेका छन्। 

परियारको १३ वर्षको उमेरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको सघन उपचार कक्ष (आइसियू)मा उपचारका क्रममा आज बिहान १०ः४५ बजे निधन भएको थियो।

प्रकाशित मिति: १९:०७ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्