Kathmandu Press

एन्फा महिला लिगकाे अन्तिम चरणमा आर्मीको विजयी सुरुआत

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विमला चौधरी चम्किएपछि आर्मीले बागमती युथ क्लबलाई २–०ले हरायो।
एन्फा महिला लिगकाे अन्तिम चरणमा आर्मीको विजयी सुरुआत

काठमाडाैं, पुस १८ : आजबाट सुरु आएको एन्फा महिला लिगको अन्तिम चरणमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले विजयी सुुरुआत गरेको छ। 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा विमला चौधरी चम्किएपछि आर्मीले बागमती युथ क्लबलाई २–०ले हरायो।

२५औं मिनेटमा विमलाले गोल गर्दै खेलमा आर्मीलाई सुरुआती अग्रता दिलाइन्। उनले नै ७१औं मिनेटमा गोल गर्दै टिमको अग्रता दोब्बर बनाइन्। त्यसपछि खेलमा गोल हुन नसक्दा आर्मी विजयी भयो।

प्रकाशित मिति: १८:१० बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्