Kathmandu Press

परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

मन्त्री डा. राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेकी हुन्।
परराष्ट्रमन्त्रीद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली

काठमाडौं, पुस १७ : परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छिन्।

मन्त्री डा. राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जलि अर्पण गरेकी हुन्।

पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा आज बिहान निधन भएको हो।

परराष्ट्र सेवामा रहनुभएकी शाह २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन्।

प्रकाशित मिति: १७:३६ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्