Kathmandu Press

माओवादीले भन्यो– सहकारी ठगी प्रकरणमा दोषी देखिएका धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको छ 

प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने काम गरिरहेको बताए। 
माओवादीले भन्यो– सहकारी ठगी प्रकरणमा दोषी देखिएका धनराज र ऋषिकेशलाई सरकारले जोगाइरहेको छ 

काठमाडौं, पस १८ : नेकपा माओवादी केन्द्रले सरकारले कांग्रेसका उपसभापति धनराज गुरुङ र नेकपा एमालेका नेता ऋषिकेश पोखरेललाई सहकारी ठगी प्रकरणमा दोषी देखिएपनि संरक्षण गर्ने काम गरेको आरोप लगाएको छ। 

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकारले आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने काम गरिरहेको बताए। 

Hardik ivf

‘भ्रष्टाचार गर्नेहरुको संरक्षणमा सरकार लागिरहेको छ। राम्रो काम गर्नेलाई हटाउने, आफ्ना मान्छेचाहिँ जोगाउने अनि आफूभन्दा टाढाका मान्छेचाहिँ छानी–छानी कारबाही गर्ने,’ उनले भने, ‘आफ्नालाई जोगाउने कांग्रेस उपसभापति धनराज गुरुङ सहकारीमा जोडिएको सिधै छ तर कुनै कारबाही नै छैन। त्यस्तै लेखा सभापति ऋषिकेश पोखरेललाई पनि संरक्षण गरिरहेको छ।’  

उनले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङको उदाहरण दिँदै सरकारले राम्रो काम गर्नेलाई हटाउन खोजिरहेको पनि बताए। 

सरकार विचार–शून्य रहेको भन्दै मूल्य, मान्यता र आदर्शपनि सरकारमा नरहेको  आरोप उनले लगाए।  
 

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, पुस १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्