Kathmandu Press

ओलीको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय

नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ।
ओलीको प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय

काठमाडौं, पुस १८ : नेकपा एमालेको बिहीबार बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको राजनीतिक प्रतिवेदन केन्द्रीय कमिटीमा प्रस्तुत गर्ने निर्णय गरेको छ।

यही पुस २१ र २२ गते एमाले केन्द्रीय कमिटीको बैठक बस्दै छ। सचिवालय बैठकमा अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ।

राजनीतिक प्रतिवेदनका मुख्यमुख्य विषयमा छलफल भएको जनाइएको छ। अध्यक्ष ओलीले तयार पारेको प्रतिवेदनमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विवेचना गरिएको छ। 

यस्तै, एमाले र कांग्रेसबीचको सत्ता सहकार्यको औचित्य, आवश्यकता र त्यसले सिर्जना गरेका अवसरहरूका बारेमा प्रतिवेदनमा चर्चा छ। 

कांग्रेस र एमालेको नयाँ सरकार बनेपछि एमाले केन्द्रीय कमिटीको पहिलो बैठक बस्न थालेको हो। बिहीबार बसेको पार्टीको सचिवालय बैठकले उक्त प्रतिवेदन केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय लिएको जानकारी उपमहासचिव प्रदीप पौडेलले संचारमाध्यमलाई जानकारी दिएका छन्। 

प्रतिवेदनमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सहकार्यको आवस्यकता र औचित्यको बारेमा पनि विश्लेषण गरिएको छ। 
 

प्रकाशित मिति: १७:०१ बजे, बिहीबार, पुस १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्