Kathmandu Press

गुडवीभका बालबालिकाले मनाए सामूहिक जन्मदिन

गुडवीभले संस्थामा आश्रित बालबालिकाको प्रत्येक वर्ष जनवरी पहिलो तारिखमा रामूहिक जन्मदिन मनाउँदै आएको हो । गुडवीभ नेपाली गलैँचा उद्योगलाई बालश्रममुक्त बनाउने अभियानमा झन्डै तीन दशकदेखि क्रियाशील रहेको छ । बालबालिकाले केट काटेर जन्मदिन मनाएपछि उनीहरूलाई उपहार पनि दिइयो । जन्मदिनको अवसरमा फेल्ट एण्ड यार्न, कन्सोर्टियम नेपाललगायतका संस्थाले बालबालिकालाई उपहार पनि प्रदान गर्‍यो ।
गुडवीभका बालबालिकाले मनाए सामूहिक जन्मदिन

काठमाडौं, पुस १८ : नेपाल गुडवीभ फाउन्डेसनमा हुर्किरहेका बालबालिकाले बुधबार राजधानीमा आयोजित एक समारोहबीच सामूहिक जन्मदिन मनाएका छन् । 

गुडवीभले संस्थामा आश्रित बालबालिकाको प्रत्येक वर्ष जनवरी पहिलो तारिखमा रामूहिक जन्मदिन मनाउँदै आएको हो । गुडवीभ नेपाली गलैँचा उद्योगलाई बालश्रममुक्त बनाउने अभियानमा झन्डै तीन दशकदेखि क्रियाशील रहेको छ । बालबालिकाले केट काटेर जन्मदिन मनाएपछि उनीहरूलाई उपहार पनि दिइयो । जन्मदिनको अवसरमा फेल्ट एण्ड यार्न, कन्सोर्टियम नेपाललगायतका संस्थाले बालबालिकालाई उपहार पनि प्रदान गर्‍यो ।

Hardik ivf

बालबालिकाले गीत, नृत्य र नाटकमार्फत मनारेन्जन पनि प्रदान गरे । फुटसल, भलिबल, टेबुलटेनिसलगायतका खेलमा उत्कृष्ट हुने बालबालिकालाई कार्यक्रमका प्रमुख अतिथी कागेश्वरी मनोहरा नगरपालिकाकी उपप्रमुख शान्ता थापा, नेपाल गुडवीभ फाउन्डेसनका अध्यक्ष युवराज बिद्रोही, संस्थाका महासचिव किरण थापालगायतले पुरस्कार वितरण गरे ।

संस्थामा आश्रित सुबिन मुल्मीले आफ्नो आमालाई बाबुले छाडेर गएपछि आमाले अर्कैसँग विवाह गरेकीले आफूले धेरै दुख भोग्नुपरेको अनुभव सुनाए । त्यसपछिका दिनमा गुजारा चलाउनका लागि उनले मासिक दुई हजार तलबमा एउटा गलैंचा उद्योगमा काम सुरु गरे । समयको क्रमसँगै संस्थाबाट उद्धार गरेर गुडवीभसम्म आइपुग्दा आफूले नयाँ जीवन पाएको र संसारै जितेजस्तो महशुस भएको अनुभव उनले कार्यक्रममा सुनाए । बुबाले छाडेर गएका कारण आफ्नो जन्मदर्ता अहिलेसम्म नबनेकोमा उनले दुखेसो पोखे । 

बालबालिकालाई जन्मदिनको शुभकामना दिँदै प्रमुख अतिथी उपप्रमुख थापाले सुबिन र उनी जस्ता अन्य बालबालिकाको जन्मदर्ताका लागि संस्था, जनप्रतिनिधि, नगरपालिकालगायतले पहल गर्ने पनि बताइन् । ‘काठमाडौंको जुनसुकै ठाउँमा भए पनि कुनै पनि बालबालिकाले जन्मदर्ता नभएर के गर्नेहोला भनेर अब चिन्ता गर्नुपर्दैन, हामी जनप्रतिनिधि तपाईंहरुको साथमा छौं’, उनले भनिन् । 

गुडविभका अध्यक्ष युवराज बिद्रोहीले गलैंचा उद्योगबाट बालश्रम हटाउन नेपाल गुड्वीभ फाउन्डेसनले नेतृत्वदायी भुमिका खेलेको। सस्थाको ३० बर्शे यात्रामा हजारौं बालबालिका लाई शिक्षा दिएको र उज्वल भबिश्यको निम्ति काम गरिरहेको संस्थाका महासचिव किरण थापाले गुडवीभ स्थापनाको तीन दशक भएको अवसरमा बालबालिकाको संरक्षण र बालअधिकारको प्रत्याभुति दिलाउन सरकारी निकाय, स्थानीय तह र विभिन्न संघसंस्थासँग मिलेर वर्षभरि कुनै न कुनै कार्यक्रम गरेर मनाउने बताए । 

गुडवीभमै हुर्किएकी सुमित्रा बस्नेतले आफूलाई संस्थाले यहाँ ल्याएर सहयोग नगरेको भए आफू यो अवस्थामा नआइपुग्ने स्मरण गरिन् । आफ्नो जीवन परिवर्तनमा ठूलो भूमिका खेलेको संस्थाप्रति उनले आभार ब्यक्त गरिन् । उनले निकट भविष्यमै आइसल्याण्डमा हुने एक अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता जनाउँदै आफूले बाल्यकालमा भोगेको अनुभव सुनाउने भएकी छन् ।

प्रकाशित मिति: १६:३९ बजे, बिहीबार, पुस १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्