Kathmandu Press

एमालेले भन्यो– भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट 

एमाले केन्द्रीय सचिवालयको ४३औँ बैठकपछि बिहीबार बसेको आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले रावलले लगाएका आरोप माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कपी पेष्ट रहेको दाबी समेत गरे। 
एमालेले भन्यो– भीम रावलको आरोप प्रचण्डको कपिपेष्ट 

काठमाडौं, पुस १८ : नेकपा एमालेले पार्टीबाट निकालिएका पू्र्वउपाध्यक्ष डा.भीम रावलले बुधबार पत्रकार सम्मेलनमा लगाएको आरोप विगतकै गालीको निरन्तरता रहेको बताएको छ। 

रावलका आरोप विगतमा पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोपको कपीपेष्ट रहेको दाबी समेत गरे। 

एमाले केन्द्रीय सचिवालयको ४३औँ बैठकपछि बिहीबार बसेको आयोजित पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले रावलले लगाएका आरोप माअ‍ेवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको कपी पेष्ट रहेको दाबी समेत गरे। 

‘उनले ३१ पृष्ठ लामो लिखित दस्तावेजमा उल्लेख गरेका कुरा विगतकै गालीगलौजका निरन्तरता हुन्। तत्कालीन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यस्तै भाषामा १९ पृष्ठसहितको आरोप लगाएका थिए,’ उनले भने, ‘अहिले भीम रावलले तिनै कुरालाई कपी पेस्टसहितको आरोप लगाएको हाम्रो निष्कर्ष हो।’

रावलले ३१ पृष्ठमध्ये साढे ३० पृष्ठमा गालीगलौज र बाँकी आधाजतिमा आफ्ना योजना राखेको बताए। ‘यहीकारण पनि उहाँको पार्टी सदस्यता नरहने निष्कर्षमा एमाले पुगेको हुनुपर्छ,’ ज्ञवालीले भने। 

ज्ञवालीले सरकारलाई गति दिन संविधान संशोधन, सात बुँदे सहमति कार्यान्वयन, अपूरा विधेयक टुंग्याउने र नयाँ कानुन ल्याउने विषय तथा अर्थतन्त्रलाई उकास्ने गरी अलग अलग संरचना बनाएर काम भइरहेको जानकारी समेत दिए।

प्रकाशित मिति: १६:३५ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्