माओवादी स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पासाङ उपस्थित
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको उपाध्यक्ष बनाउने तयारी गरेको भन्दै चर्चा चलिरहेका बेला उनी बैठकमा सहभागी भएका छन्।
काठमाडौं, पुस १८ : नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङ पनि सहभागी भएका छन्।
केन्द्रीय कार्यालय पेरिसडाँडामा विजहीबार जारी स्थायी समिति बैठकमा पासाङ सहभागी भएका हुन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको उपाध्यक्ष बनाउने तयारी गरेको भन्दै चर्चा चलिरहेका बेला उनी बैठकमा सहभागी भएका छन्।
यसअघि पनि उनी पार्टीको नियमित बैठकमा सहभागी हुँदै आएका थिए । उनको सहभागितालाई अर्थपूर्ण रुपमा हेरिएको छ।
प्रकाशित मिति: १६:२७ बजे, बिहीबार, पुस १८, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार