Kathmandu Press

प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघेबीच भेट 

श्रीलंकाका पूर्वप्रधानमन्त्री समेत रहेका विक्रमासिंघे निजी भ्रमणकाक्रममा गत पुस १३ गते नेपाल आएका थिए। 
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्वराष्ट्रपति विक्रमासिंघेबीच भेट 

काठमाडौं, पुस १८ : प्रधानमन्त्री केपी शर्मा ओलीसँग श्रीलंकाका पूर्वराष्ट्रपति रनिल विक्रमासिंघेले बिहीबार भेटवार्ता गरेका छन्। 

श्रीलंकाका पूर्वप्रधानमन्त्री समेत रहेका विक्रमासिंघे निजी भ्रमणकाक्रममा गत पुस १३ गते नेपाल आएका थिए। 

प्रधानमन्त्री ओलीसँगको भेटमा दुई देशबीचको आपसी सम्बन्ध र परस्पर हितका विविध पक्षमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। 

विक्रमासिंघे आज स्वदेश फर्कंदै छन्।
 
प्रकाशित मिति: १५:४६ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्