Kathmandu Press

पिंगलास्थानमा मृत भेटिएकी युवतीको हत्या आशंका

बुधबार साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा २२ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी हुन्।
पिंगलास्थानमा मृत भेटिएकी युवतीको हत्या आशंका

काठमाडौं, पुस १८ : काठमाडौंको पिंगलास्थानस्थित वाग्मती होटेलमा मृत भेटिएकी युवतीको हत्या आशंका गरिएको छ। 

बुधबार साँझ पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा २२ वर्षीया सुस्मिता खड्का मृत फेला परेकी हुन्। 

बाहिरबाट कोठा बन्द गरिएको अवस्थामा उनको शव फेला परेको थियो। खड्का बौद्धमा बस्दै आएकी थिइन्। उनीसँगै कोठामा बसेका युवक फरार रहेकाले प्रहरीले हत्याको आशंका गरेको छ। 

खड्काको मृत्युपछि ती युवक बाहिरबाट ढोका लगाएर भागेको प्रहरीले जनाएको छ। खड्का जापान जाने तयारीमा थिइन्। उनीसँग होटमा बसेका युवक केही दिनअघि मात्र जापानबाट नेपाल फर्किएका थिए। 

उनको जापान फर्कने मिति बिहीबार आज देखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार फरार युवकको पहिचान भइसकेको छ। 
 
प्रकाशित मिति: १५:४१ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्