Kathmandu Press

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए। 
भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक संसदीय समितिबाट पारित

काठमाडौं, पुस १८ : भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको छ। 

बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकबाट उपसमितिले तयार गरको प्रतिवेदनसहितको संशोधन विधेयक पारित गरेको समितिका सभापति रामहरी खतिवडाले जानकारी दिए। 

‘भ्रष्टाचार निवारण ऐनलाई संशोधन गर्न बनेको विधेयक संसदीय समितिबाट पारित भएको घोषणा गर्दछु,’ उनले भने।
 
समितिबाट विधेयक पारित भएको अब भ्रष्टाचार निवारण ऐन प्रतिनिधिसभामा पेश हुनेछ।
 
प्रकाशित मिति: १५:०० बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्