शेरा दरबारको जग्गा हिनामिनाबारे गम्भीर अनुसन्धान भइरहेको छ : गृहमन्त्री
‘शेरा दरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। दोषी देखिए कानुन बमोजिम कारबाही अगाडि बढ्छ,’ उनले भने, ‘त्यो जग्गा गलत ढंगले कुनै व्यक्ति, कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ।’काठमाडौं, पुस १८ : गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नुवाकोटको शेरा दरबारको जग्गा हिनामिनाबारे गम्भीर अनुसन्धान भइरहेको जानकारी गराएका छन्।
समितिको बिहीबारको बैठकमा उठेको प्रश्नमा जवाफ दिंदै गृहमन्त्री लेखकले उक्त जानकारी गराएका हुन्।
समितिको विहीबारको बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गा हिनामिनाबारे सरकारको जवाफ माग गरेपछि गृहमन्त्री लेखकले उक्त जानकारी गराएका थिए। समितिमा भएको छलफलमा शेरा दरबारको जग्गा विवादको उठान भएको थियो।
‘शेरा दरबारको विषयमा गम्भीरतापूर्वक अनुसन्धान भइरहेको छ। दोषी देखिए कानुन बमोजिम कारबाही अगाडि बढ्छ,’ उनले भने, ‘त्यो जग्गा गलत ढंगले कुनै व्यक्ति, कम्पनीका नाममा गएको छ भने त्यो फिर्ता हुन्छ।’
गृहमन्त्री लेखकले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले सहयोग र धन्यवाद दिन्छु भनेको प्रसंग सुनाउँदै धन्यवाद दिन तयार भएर बस्न समेत लेखकले आग्रह गरेका छन्।
त्यसअघि समितिमा भएको छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ललिता निवासको जग्गा जस्तै नुवाकोटको शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण गराउँदै उक्त कार्य भए सरकारलाई सहयोग र धन्यवाद दिने बताएका थिए।
शेरा दरबारमा पूर्वप्रधानमन्त्री दाहालको स्वकीय सचिवालय सदस्य पनि मुछिएका छन्।