Kathmandu Press

शेरा दरबारको जग्गा कानुनविपरीत भए फिर्ता ल्याइयोस् : अध्यक्ष दाहाल

‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत  काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’, उनले भने।
शेरा दरबारको जग्गा कानुनविपरीत भए फिर्ता ल्याइयोस् : अध्यक्ष दाहाल

काठमाडौं, पुस १८ : पूर्वप्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले नुवाकोटको शेरा दरबारको जग्गा कानुनविपरीत उपभोग भइरहेको छ भने सरकार मातहत ल्याउनुपर्ने बताएका छन्।

बिहीबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले सरकारले त्यो कदम चालेमा आफूले सहयोग गर्ने उनले बताए। ‘शेरा दरबारको जग्गाबारे कानुन विपरीत  काम भएको छ भने फिर्ता ल्याइयोस, म सरकारलाई धन्यवाद भन्छु’, उनले भने।

दाहालले उक्त जग्गामा आफूलाई जोड्न आवश्यकता नरहेको बताए बताउँदै सरकारकाले कानुन विपरीत उक्त जग्गा गएको भए मातहत ल्याउनुपर्ने बताए। 

बैठकमा एमाले सांसद बासुदेव घिमिरेले शेरा दरबारको जग्गाबारे गृहमन्त्री रमेश लेखकसँग जवाफ मागेका थिए। 
 

प्रकाशित मिति: १३:१२ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्