Kathmandu Press

सरकारका प्रवक्ता भन्छन्- जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै लकडाउन खुल्छ

काठमाडौं, वैशाख ११ : सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम हेरेर मात्रै लकडाउन खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय लिने भएको छ।

बि....

सरकारका प्रवक्ता भन्छन्- जोखिममुक्त छौँ भन्ने भएपछि मात्रै लकडाउन खुल्छ

काठमाडौं, वैशाख ११ : सरकारले कोरोना भाइरसको संक्रमणको जोखिम हेरेर मात्रै लकडाउन खोल्ने कि नखोल्ने भन्नेबारे निर्णय लिने भएको छ।

बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको संक्रमणको जोखिम हेरेरमात्रै लकडाउन खोल्ने वा बढाउने भन्नेबारे निर्णय लिइने बताएका हुन्। 

उनले भने,‘छिमेकी मुलुकमा कोभिड–१९ को रोकथामका प्रयासको सफलता र त्यसविरुद्ध मुलुकले चालेको कदमको प्रभावकारिता हेरेर मात्रै लकडाउन लम्याउने या खोल्ने निर्णय गर्छौं।’ 

मन्त्री खतिवडाले वर्तमान परिस्थितिमा लकडाउन बढ्ने संकेत पनि गरे। लकडाउन  खोल्न कोरोना संक्रमणको वर्तमान अवस्था विश्लेषण गर्नुपर्ने पनि उनले बताए।

“लकडाउन खोल्ने हो भने मुलुकको स्वास्थ्य परीक्षणको विधि, उपकरण र स्वास्थ्यकर्मी ठीक ठाउँमा छन् की छैनन्, सङ्क्रमणको दर बढ्ने अवस्था भयो भने हाम्रो सम्पूर्ण पूर्वाधार पर्याप्त छ की छैन हेर्नुपर्छ”, मन्त्री डा खतिवडाले भने, “नागरिकमा पर्याप्त चेतना, सामाजिक दूरी र अनुशासन छ की छैन, यी यावत कुरा हेरेर जोखिम मुक्त छौँ भनेपछि मात्रै खोल्ने हो।”

नेपालले एक पक्षीय ढङ्गले लकडाउनको निर्णय नगरिएको उल्लेख गर्दै उनले लुकिछिपी आउने क्रम नरोकिँदा यती धेरै सङ्क्रमण हुने अवस्था सिर्जना भएको जिकिर गरे।  

प्रकाशित मिति: १९:४९ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्