Kathmandu Press

समयमै काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन परे?

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।
समयमै काम नगर्ने १३ निर्माण कम्पनी कालोसूचीमा, कुन–कुन परे?

काठमाडौं, पुस १८ : सम्झौताअनुसार काम नगर्ने विभिन्न १३ वटा निर्माण कम्पनी कालोसूचीमा परेका छन्। 

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायबाट सिफारिस भएर आएअनुसार ती निर्माण कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो।

बिहीबार कार्यालयले सार्वजनिक गरेको सूचनाअनुसार अधिकतम ३ वर्षसम्म कालोसूचीमा परेका त्यस्ता कम्पनीले तोकिएको अवधिमा कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।

यी हुन् कालोसूचीमा पर्ने कम्पनी

१. श्री एसएएस कन्स्ट्रक्सन प्रा.लि., विराटनगर–१६, मोरङ ।

२. श्री एमएस इनसुपर सफ्टवेयर ग्रुप कम्पनी लि., चीन

३. श्री मृत सन्जिवनी–ग्याल्वा जे.भी., काठमाडौं।

४. मृत सन्जिवनी कन्स्ट्रक्सन प्रा.लि., हेटौंडा।

५. श्री लक्ष्मी कन्स्ट्रक्सन, गोरखा नगरपालिका–०६, गोरखा।

६. श्री सुष्मी कन्स्ट्रक्सनप्रा.लि., गोकर्णेश्वर नगरपालिका–०५, काठमाडौं । कार्यालय, अत्तरपुर, सिन्धुपाल्चोक।

७.  श्री रविन कन्स्ट्रक्सन, गुलरिया–६, बर्दिया।

८.  थोत्रा सप्लायर्स/मानेकोर कन्स्ट्रक्सन, गोसाइँकुण्ड गा.पा.–६। 

९.  थोत्रा एम/एसएमडी अप्टिकल सोलुसन प्रा. लि., पोखरा–१५, कास्की। 

१०.  शिलादेवी एसबिडी निर्माण सेवा प्रा.लि., शुक्लागण्डकी–०२, तनहुँ।

११.  त्रिपुरा सप्लायर्स एण्ड ट्रेडर्स, भि.न.पा. ४, कञ्चनपुर।

१२.  खिम निर्माण सेवा, कपिलवस्तु नगरपालिका–४, कपिलवस्तु ।

१३.  मेनका निर्माण सेवा, नेपालगञ्ज १३, बाँके ।

प्रकाशित मिति: ११:४८ बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्