Kathmandu Press

एमाले सचिवालय बैठक बस्दै

केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।
एमाले सचिवालय बैठक बस्दै

काठमाडौं, पुस १८ : नेकपा एमालेको सचिवालय बैठक बिहीबार बस्दैछ। बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो  १२ः३० मा बस्न लागेको हो।  

आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरिनेछ। 

केन्द्रीय कमिटी बैठकको मिति नजिकिँदै गर्दा त्यसका एजेण्डा र राष्ट्रिय राजनीतिबारे छलफल गर्न बैठक बोलाइएको हो।

एमालेको केन्द्रीय कमिटी बैठक पुस २१ र २२ गतेका लागि डाकिएको छ।
 
प्रकाशित मिति: ११:४० बजे, बिहीबार, पुस १८, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्