Kathmandu Press

‘पार्टीभित्रकै मान्छेले मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे’

‘सभापतिलाई महामन्त्रीबाट अलगगराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले। मैले बुझाउने प्रयास गरेँ, म असफल रहेँ,’ उनले लेखेका छन्, ‘मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे। पार्टी बाहिरबाट खेले। पार्टी भित्रैबाट पनि खेले।’
‘पार्टीभित्रकै मान्छेले मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे’
फाइल तस्बिर।

काठमाडौं, पुस १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वमहामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका छन्। 

बुधबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले मलाई पार्टीबाट कारबाही गरेर सभापतिमाथि नै प्रहार गरेको बताएका हुन्।

Hardik ivf

‘सभापतिलाई महामन्त्रीबाट अलगगराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले। मैले बुझाउने प्रयास गरेँ, म असफल रहेँ,’ उनले लेखेका छन्, ‘मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे। पार्टी बाहिरबाट खेले। पार्टी भित्रैबाट पनि खेले।’

आफूले सभापतिलाई त्यतिबेला यो राजनीति भइराछ जोगिऔँ बताउँदै उनले तर त्यतिबेलासम्म सभापति आफूलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको उल्लेख गरेका छन्।

‘मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन। उल्टै मलाई कारबाही गर्नु भयो। अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे,’ उनले लेखेका छन्। 

उनले पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पु¥याउने उनीहरूको योजना सफल हुँदै गएको बताएका छन्।
 
प्रकाशित मिति: ११:३७ बजे, बिहीबार, पुस १८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्