Kathmandu Press

अब ऐन र नियमावली भन्दा अरु कुरालाई हामीले निर्माण गरेर काम नगरौं: मन्त्री भट्टराई

शिक्षामन्त्री विद्या भट्टाराईले ऐन र नियमावली भन्दा अरु कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गरेकी छन् ।
अब ऐन र नियमावली भन्दा अरु कुरालाई हामीले निर्माण गरेर काम नगरौं: मन्त्री भट्टराई

काठमाडौं, पुस १७ : शिक्षामन्त्री विद्या भट्टाराईले ऐन र नियमावली भन्दा अरु कुरालाई निर्माण गरेर काम नगर्न आग्रह गरेकी छन्।

बुधबार सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उनले ऐन र नियमावली भन्दा बाहिर जाँदा कामहरुमा राम्रो परिणाम दिन नसकेको बताएकी हुन्।  

उनले भनिन्, ‘धेरै कुराहरु मैले सुझावको रुपमा लिएको छु , हामीले यो निर्देशिका, मापडण्ड कार्यविधीहरु एकदमै धेरै नै भयो। सबैले भन्नुभयो अब ऐन र नियमावली भन्दा अरु कुरालाई हामीले निर्माण गरेर काम नगरौँ, जसले दुई वटा समस्या हुने भयो, एउटा चाँही ऐन र नियमावलीमा के छ ? भन्ने कुरा नहेरीकन तत्कालिक आवश्यकताका आधारमा कार्यविधी बनाउने, निर्देशिका बनाउने ,मापडण्ड बनाउने, अर्काे कुरा त झन त्यो बनाउनैको लागि समय खर्चिँने अनि कार्यन्वन गर्ने बेलासम्म बनाउने बसिरहने अवस्थाले परिणाम दिन सकेन।’

यसैगरी राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्ने बताइन्। उनले विद्यार्थीहरुको परीक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय बोर्डलाई मजबुत बनाउनुपर्ने बताएकी हुन्।

उनले  भनिन् , ‘तीन वटा परीक्षा बोर्डहरुमध्ये परिक्षालाई चुस्त दुरुस्त बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई मजबुत बनाउनुपर्छ। राष्ट्रिय परीक्षा बोर्ड १२ कक्षामा मात्र लिने गरि जानुपर्छ, अरु हामी १० कक्षासम्मको प्रदेशलाई नै हस्तान्तरण गर्नुपर्ने सोचेका छांै, यसका विषयमा विधेयकमा छलफल भैइराखेको छ।’

प्रकाशित मिति: १९:५७ बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्