Kathmandu Press

नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिएको छ।
नागढुङ्गा–नौबिसे–मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन

काठमाडौं, पुस १७ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा नौबिसे मुग्लिन सडक निर्माणमा तीव्रता दिन निर्देशन दिएको छ। निर्माणाधीन उक्त सडकको आज स्थलगत निरीक्षण गरी निर्माण कम्पनी तथा मन्त्रालयका नियमनकारी कार्यालयलाई सो निर्देशन दिएका हुन्। 

निर्माणका क्रममा समस्या देखिएमा मन्त्रालयले समन्वय गर्ने तर निर्माण सुस्त भएमा सह्य नहुने चेतावनीसमेत उनले दिए।

Hardik ivf

सडक निर्माणमा भएको ढिलासुस्तीले नागरिक मारमा परेकाले तत्काल परिणाम देखिने गरी काम गर्न मन्त्री दाहालले निर्देशन दिए।

निरीक्षणका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले मासिक लक्ष्य निर्धारण गरी नियमित रुपमा मन्त्रालयमा लक्ष्य र परिणाम पेस गर्न निर्माण कम्पनी एवं आयोजना प्रमुखलाई निर्देशन दिए।

कुनै पनि बहानामा निर्माणमा ढिलासुस्ती नगर्न उनले आग्रह गरे।  

त्यसैगरी सडक विभागका महानिर्देशक रामहरि पोखरेलले स्थानीयको अवरोध र समस्या मन्त्रालयले समाधान गरिसकेकाले अब परिणाम देखाउने गरी काम गर्ने जिम्मेवारी निर्माण कम्पनीको रहेको जनाए। 

निर्माण कम्पनीका प्रतिनिधिले यसअघि निर्माण सामग्री जुटाउन भएका अवरोध मन्त्रीकै पहलपछि समाधान भएको जानकारी दिए। मासिक लक्ष्य निर्धारण गरी काम गर्ने प्रतिबद्धता कम्पनीले जनाएको छ।

प्रकाशित मिति: १९:३९ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्