Kathmandu Press

सर्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष रोकाया भ्रष्टाचारी ठहर 

विशेष अदालतले हुम्लाको सर्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष कृष्ण रोकायालाई भ्रष्टाचारी ठहर गरेको छ । 
सर्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष रोकाया भ्रष्टाचारी ठहर 

काठमाडौं, पुस १७ : विशेष अदालतले हुम्लाको सर्केगाड गाउँपालिकाका पूर्वअध्यक्ष कृष्ण रोकायालाई भ्रष्टाचारी ठहर गरेको छ । 

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजबहादुर सिंह राई र रामबहादुर थापाको इजलासले रोकायालाई भ्रष्टाचारमा २ वर्ष जेल र ९ लाख ७५ हजार रूपैयाँ विगो भराउन र त्यति नै जरिवाना गर्ने फैसला गरेको छ।

रोकायाले परिवारका सदस्यका नाममा कृषि फार्म स्थापना गरी भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मुद्दा दर्ता गरेको थियो। 

गाउँपालिका अध्यक्ष रहेका बेला रोकायाले आफ्ना दाइ हंश रोकायालाई अध्यक्ष र पत्नी सेतु रोकायलाई कोषाध्यक्ष बनाएर अनुदान रकम लिएको दाबी अख्तियारको थियो।

स्वार्थ बाझिनेगरी रोकायाले सुनियोजित रूपमा आफ्नो फार्मलाई अनुदान दिलाएको ठहर गरेको छ। आर्थिक वर्ष २०७६–७७ र २०७७–७८ मा कृषि फार्मका नाममा रकम दुरूपयोग गरेको दाबी अख्तियारको छ। 
 

प्रकाशित मिति: १९:३१ बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्