Kathmandu Press

अध्यादेशबाट ५२ जनाको नियुक्ति प्रकरणमा सुनुवाइ फेरि धकेलियो, अर्को पेसी माघ २ मा 

अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिमाथि संवैधानिक प्रश्न उठाउँदै दायर भएको रिटको सुनुवाई फेरी सरेको छ । 
अध्यादेशबाट ५२ जनाको नियुक्ति प्रकरणमा सुनुवाइ फेरि धकेलियो, अर्को पेसी माघ २ मा 
फाइल तस्वीर।

काठमाडौं, पुस १७ : अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको ५२ जनाको नियुक्तिमाथि संवैधानिक प्रश्न उठाउँदै दायर भएको रिटको सुनुवाइ फेरी सरेको छ।

२०७७ सालमा ओली नेतृत्वको सरकारले अध्यादेश जारी गर्दै अख्तियार लगायतका संवैधानिक अंगमा ५२ पदाधिकारी नियुक्तिको निर्णय गरेको थियो । उक्त रिट ‘हेर्न नभ्याउने’  भएपछि पुनः पछि धकेलिएको हो।

बुधबार प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत नेतृत्वको संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । अर्को सुनुवाइ माघ २ गतेका लागि तोकिएको छ । ५२ पदाधिकारी नियुक्ति प्रकरणमा २०७७ सालमै रिट दर्ता भए पनि चार बर्षसम्म टुंगो लागेको छैन।

उक्त प्रकरणमा पूर्व सभामुख अग्निप्रसाद सापकोटासहित १२ जनाले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

विभिन्न कारणले चार बर्षसम्म विवादको छिनोफानो हुन सकेको छैन ।

उक्त रिटमा संवैधानिक आयोगमा नियुक्ति लिएका ५२ जना पदाधिकारी, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संवैधानिक परिषद्लगायतलाई विपक्षी बनाउँदै बदर गर्न परमादेशको माग गरिएको छ ।

 

प्रकाशित मिति: १९:१५ बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्