महोत्तरीमा सेनाद्वारा कोरोना भाइरसम्बन्धी प्रदर्शनी
महोत्तरी, वैशाख ११ : महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ।
मध्यपूर्वी....

महोत्तरी, वैशाख ११ : महोत्तरी जिल्ला सदरमुकाम जलेश्वरमा रहेको नेपाली सेनाको रणभीम गणले आज कोरोना भाइरससम्बन्धी प्रदर्शनी गरेको छ।
मध्यपूर्वी पृतनाको आयोजनामा रणभीम गणले आज जिल्लाका सम्पूर्ण सरोकार पक्षलाई बोलाएर संक्रमण फैलिएमा रोकथाम, नियन्त्रण, यसबाट बच्न र बचाउने उपायबारे गणको परिसरमा प्रदर्शनी भएको हो।
विभिन्न व्यक्तिले प्रयोग गर्ने ६ प्रकारका पीपीई तथा त्यसको प्रयोगको तरिका पनि प्रदर्शनीमा देखाइएको थियो। कोरोनाको संक्रमणबाट यदि कोही मानिसको मृत्यु भएमा मृत शरीर कसरी व्यवस्थापन गर्ने, परिवारजन संक्रमणबाट टाढा राख्ने, सान्त्वना दिने र अन्तिम संस्कार गर्नेसम्बन्धी विषय पनि प्रदर्शनीमा देखाइएको थियो।