Kathmandu Press

स्वर्णलक्ष्मी अपचलन प्रकरणमा अनुसन्धान सकियो, विहीबार प्रतिवेदन बुझाइने 

स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान पुरा गरेको छ । 
स्वर्णलक्ष्मी अपचलन प्रकरणमा अनुसन्धान सकियो, विहीबार प्रतिवेदन बुझाइने 

काठमाडौं, पुस १७ : स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा काठमाडौं प्रहरीले अनुसन्धान पुरा गरेको छ। 

सहकारी रकम अपचलनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन तयार पारिएको हो।

प्रहरीले रायसहितको प्रतिवेदन बिहीबार जिल्ला सरकारी वकिल समक्ष पेश गर्ने छ। प्रहरीले ४४ जना प्रतिवादीबाट एक अर्ब १९ करोड ४९ लाख रुपैयाँ बिगो मागदावी लिन सरकारी वकीललाई राय दिएको छ। 

स्वर्णलक्ष्मी ठगी प्रकरणमा रास्वपा सभापति लामिछानेसहित गितेन्द्रबाबु राई (जीबी राई) पूर्वडीआईजी छविलाल जोशी, कोषाध्यक्ष कुमार रम्तेल, व्यवस्थापक नवीन अछामी, दीपक लामासहित ४४ जनालाई प्रतिवादी कायम गर्नुपर्ने राय प्रहरीको छ। 

 

प्रकाशित मिति: १९:१० बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्