रवि लामिछानेसहित सात जनाविरूद्धको मुद्दामा सरकारी वकिलको थुनछेक बहस सकियो
प्रतिवादी पक्षका वकिलले भोलि गर्ने
काठमाडौं, पुस १७ : पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा जिल्ला अदालत चितवनमा दर्ता भएको मुद्दामा सरकारी वकिलको तर्फबाट थुनछेक बहस सकिएको छ ।
मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो।
कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा बुधबार सरकारी वकिलका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकास गौतम, सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरे।
प्रतिबादीको तर्फबाट विहीबार जवाफी बहस हुनेछ।
त्यसपछि प्रतिवादीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने वा थुनाबाहिर राखेर गर्ने भन्ने बिषयमा आदेश आउनेछ । वहशका क्रममा पूर्वगृहमन्त्रीसमेत रहेका रवि लामिछानेसहित पूर्वडीआईजी छविलाल बन्जाडे जोशी, लीला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङलाई बहसका क्रममा इजलासमै उपस्थित गराइएको थियो।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ३१ प्रतिवादीबाट १ अर्ब ५१ करोड ४० लाख रुपैयाँभन्दा बढी बिगो असुल गर्न मागदाबी गरिएको छ।












