Kathmandu Press

ओलीमाथि खनिए भीम रावल, २ घन्टाको पत्रकार सम्मेलनमा ७४ प्रश्न र आरोप [पूर्णपाठ]

विकल्पको बाटो रोज्न बाध्य भएँ: भीम रावल
ओलीमाथि खनिए भीम रावल, २ घन्टाको पत्रकार सम्मेलनमा ७४ प्रश्न र आरोप [पूर्णपाठ]

काठमाडौं, पुस १७ : नेकपा (एमाले)बाट निस्कासित भएपछि भीम रावलले पहिलो पटक पत्रकार सम्मेलन गरेका छन्।

एमालेको केन्द्रीय सचिवालय बैठकले भीम रावललाई पार्टीको नीतिविरूद्ध लागेको भन्दै संगठित सदस्यबाट निस्कासन गरेको थियो। एमालेले निस्कासन गरेपछि भीम रावलले सामाजिक सञ्जालमार्फत त्यसलाई ओलीको स्वेच्छाचारी र निरंकुश प्रवृत्ति भनेका थिए। 

Hardik ivf

एमालेबाट निकालिएपछि उनले नयाँ पार्टी खोल्ने चर्चा पनि चलेको थियो। सोही विषयमा जानकारी दिनका लागि भनेर रावलले बुधबार पत्रकार सम्मेलन आयोजना गरेका थिए। 

काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा बुधबार पत्रकारसँगै आफ्ना समर्थकहरूको बाक्लो सहभागीतामा रावलले आफ्ना भनाइ राखे। 

यद्यपि आगामी कार्ययोजना सार्वजनिक गर्ने भनिएकोमा रावलले पूरै समय केपी ओलीले आफूमाथि गरेको दमनको फेहरिस्त लगाए। ओलीमाथि खनिए र उनीमाथि पनि प्रश्नको चाङ लगाए।

एमालेले स्पष्टीकरणको जबाफ नदिएका कारण पनि रावललाई पार्टीबाट निस्कासन गरेको भनेको थियो। त्यसमा भने रावलले टिप्पणी गरे। 

'स्पष्टीकरण पत्र हो या द्वेषपत्र, द्विविधा भयो । पत्रमा मलाई सदस्य वा महाधिवेशन प्रतिनिधि परिषद्को सदस्य केही पनि सम्बोधन गरिएको छैन । यो केपीओली गुटको म प्रतिको चरम द्वेष, पूर्वाग्रह र निषेधात्मक मनस्थितिको प्रतिविम्ब होइन र,' उनले भने। 

उनले पार्टीका देशभक्त नेताहरू केपी ओलीको गुटको कोपभाजनमा परेको र आफूपनि त्यसकै शिकार भएको बताए। 'सदस्यता नै खाइदिएपछि विकल्पको बाटो रोज्न बाध्य भएँ,' रावलले पत्रकार सम्मेलनमा भने। 

त्यसपछि उनी लगातार ओलीमाथि प्रश्नका प्रश्न तेर्स्याउन थाले। वाम गठबन्धन, माओवादीसँगको पार्टी एकता, प्रतिनिधि सभा विघटन, सर्वोच्चको आदेश, एमाले र माओवादी ब्युँतिएदेखि एमाले विभाजनसम्मका कुराहरू उठाएर उनले ओलीमाथि प्रश्नका प्रश्न गरे। 

ओलीले पार्टीभित्र स्वेच्छाचारी र निरंकुश प्रवृत्ति देखाएकोदेखि प्रधानमन्त्री हुँदा संविधानविपरीतका कामहरु गरेको र त्यसको पुष्टी उनका निर्णयलाई सर्वोच्चले उल्ट्याएबाट हुने बताए। 

एमालेको दसौं महाधिवेशनमा आफू अध्यक्षको उम्मेदवार बन्दा ओली पक्षले आफूमाथि दमन गरेको पनि उनको आरोप थियो। 

पूर्णपाठः 

प्रकाशित मिति: १८:०२ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्