Kathmandu Press

‘हाइटेन्सन लाइन’ प्रभावित जग्गा मुआब्जा समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

बुधबार बसेको समितिको बैठकले समितिका सदस्य तथा पूर्वऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरेको हो। समितिमा रहेका सबै दलका प्रतिनिधि सदस्य रहनेछन्।
‘हाइटेन्सन लाइन’ प्रभावित जग्गा मुआब्जा समस्या अध्ययन गर्न संसदीय उपसमिति गठन

काठमाडौं, पुस १७ : संसदको पूर्वाधार विकास समितिले विद्युतका हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जाबारे समस्याको विषयमा अध्ययन गर्न संसदीय उपसमिति गठन गरेको छ।

बुधबार बसेको समितिको बैठकले समितिका सदस्य तथा पूर्वऊर्जामन्त्री शक्तिबहादुर बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरेको हो। समितिमा रहेका सबै दलका प्रतिनिधि सदस्य रहनेछन्।

Hardik ivf

‘विद्युत्‌को हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्न पूर्वाधार समिति सदस्य शक्ति बस्नेतको संयोजकत्वमा उपसमिति गठन गरिएको छ,’ समिति सभापति दीपकबहादुर सिंहले भने।

बुधबारको बैठकमा हाइटेन्सन लाइन प्रभावित पीडितहरूको तर्फबाट दर्ता भएको उजुरीमाथि छलफल भएको थियो। हाइटेन्सन लाइन पीडित संघर्ष समितिका संयोजक बसन्त खत्रीले समितिमा उजुरी दर्ता गराएका थिए। 

मर्स्याङ्दी र कुलेखानी जलविद्युत् परियोजनाबाट काठमाडौं ल्याइएको, १३२ केभी प्रसारण लाइनअन्तर्गत काठमाडौं नागढुंगादेखि स्युचाटारसम्मको क्षेत्र र मच्छेगाउँ सतुंगल–स्युचाटारमा घरजग्गा प्रभावित रहेको उजुरीमा उल्लेख छ। 

उपसमितिले ती क्षेत्रको अध्ययन गरेपछि निष्कर्ष निकाल्ने र समितिमा बाँकी छलफल हुने अध्यक्ष सिंहले जानकारी दिए। 

प्रकाशित मिति: १७:२३ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्