Kathmandu Press

‘अब देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्छु’

‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ)मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ,’ उनले भने।
‘अब देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्छु’

काठमाडौं, पुस १७ : नेकपा एमालेबाट निस्काशनमा परेका नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा लाग्ने घोषणा गरेका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै नेता रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे।

‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्नुपर्छ,’ रावलले भने।

राष्ट्रिय अभियान हुँदै वैकल्पिक पार्टी निर्माण गर्दा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीतिलाई ध्यान दिइने उल्लेख गरेका छन् 

एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको उनको भनाई थियो।

नेता रावलले केपी ओली गुटले एमालेलाई दिशाहीन र सिद्धान्तहीनको बाटोमा लगेको आरोप लगाए। ओलीले घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरेको उनले बताए। 

‘एमालेको रंग खुइलिएर बामाले (बाको मात्र नाम लेउ)मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ,’ उनले भने।

प्रकाशित मिति: १७:११ बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्