एन्फा महिला लिगको अन्तिम चरण बिहीबारबाट
एन्फा महिला फुटबल लिगको अन्तिच चरण अर्थात सुपर ५ को पहिलो खेलमा बिहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच हुनेछ।काठमाडौं, पुस १७ : एन्फा महिला फुटबल लिगको अन्तिम चरणका खेलहरु बिहीबारबाट सुरु हुँदैछ।
एन्फा महिला फुटबल लिगको अन्तिच चरण अर्थात सुपर ५ को पहिलो खेलमा बिहीबार विभागीय टिम त्रिभुवन आर्मी क्लब र बागमती युथ क्लबबीच हुनेछ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलनमा खेल एन्फा कम्प्लेक्समा दिँउसो ३ बजे सुरु जानकारी गरायो।
महिला लिगमा शीर्ष ५ मा नरहेको बागमतीले सुपर ५ खेल्न लागेको हो। शीर्ष ५ मा रहेको कोशी प्रदेशले सुपर सिक्स नखेल्ने भएपछि बागमतीले मौका पाएको हो।
अखिल नेपाल फुटबल संघ(एन्फा)को आयोजनामा हुने अन्तिम चरणको लिगमा ५ टोलीलले प्रतिस्पर्धा गर्नेछन्। गत भदौमा भएको दोस्रो चरणको लिगमा सहभागी दश टोलीबाट शीर्ष ५ टोली अन्तिम चरणका लागि छनोट भएका थिए।
माघ १६ गतेसम्म चल्ने अन्तिम चरणको लिगमा विभागिय टोलीहरू नेपाल पुलिस, नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब, वालिङ नगरपालिका र बागमती युथ क्लबले सहभागीता जनाउँदै छन्।
बुधबार आयोजित पत्रकार सम्मेनलमा पाँचवटै टिमका कप्तान र प्रशिक्षक सहभागी थिए। कार्यक्रममा एपिएफ क्लबका प्रशिक्षक जिवेश पाण्डेले खेलको तयारी राम्रो भएको आफूहरु खेलका लागि पूर्ण रुपमा तयार रहेको बताए।
‘हामी खेलको लागि पूर्णरुपमा तयार छौं, हामीले तयारी राम्रो नै गरिरहेका छौं, अन्तिम चरण खेल्न उत्साहित छौं।’
यस्तै, एपिएलकै कप्तान अनिता बस्नेतले पहिला भएका गल्तीहरू नदोहो¥याउने आफूहरूको लक्ष्य रहेको बताइन्। उनले उपाधिका लागि खेल्ने बताइन्।
‘प्रशिक्षण राम्रो भइरहेको छ। पहिला भएका गल्तीहरुलाई नदोहो¥याई राम्रो खेल खेल्ने लक्ष्य छ,’ उनले भनिन्,‘टाइटलको लागि नै भनेर खेल्ने हो। गल्तीहरूलाई सिखको रुपमा लिएको छु र अब राम्रो गर्ने योजना छ।’
कार्यक्रममा अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबका प्रशिक्षक कृष्ण ठगुन्नाले पनि उपाधि जित्ने अपेक्षा राखेको बताए। उनले भने, ‘तयारी सबै राम्रो भएको छ, लक्ष्य उपाधि नै हो।’
आर्मीकी कप्तान पुनम जर्घामगरले लिगले खेलाडीहरूलाई प्रोत्साहन गर्ने भन्दै यस्तो खेल आवश्यक रहेको बताइन्। ‘तयारी राम्रो भएकाले मैदानमा राम्रो खेल्ने आशा गरेका छौं। उपाधि जित्ने नै हाम्रो पनि प्रयास हुनेछ,’ उनले भनिन्।
अन्तिम चरणमा २४ खेलहरू हुनेछन्।