Kathmandu Press

भारतबाट बैतडी आएका सबैको आरडिटी टेष्ट गरिने

बैतडी, वैशाख ११ : भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्ने भएको छ। 

चैत महिनामा भारतबाट ....

भारतबाट बैतडी आएका सबैको आरडिटी टेष्ट गरिने
फाइल फोटो

बैतडी, वैशाख ११ : भारतबाट आएका बैतडीका चार हजारभन्दा बढीको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) गर्ने भएको छ। 

चैत महिनामा भारतबाट फर्केका सबैको आरडिटी गरिने प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए। चैत महिनामा मात्रै भारतबाट ४ हजार ८२२ जना बैतडी भित्रिएका थिए। तीमध्ये अहिलेसम्म सात सयको मात्रै आरडिटी र स्वाब टेष्ट भएकाले बाँकी सबैको पनि ¥यापिड डाइग्नोष्टिक टेष्ट गरिने उनले बताए। 

चैत महिनामा भारतबाट जिल्ला भित्रिएकामध्ये दशरथचन्द नगरपालिकामा ५३१, पुर्चौंडीमा ३४३, मेलौलीमा ४४९, पाटनमा ४८२ र सुर्नयामा ४०५ जना रहेका छन्। त्यस्तै डिलाशैनीमा २६५, दोगडाकेदारमा ४०१, पञ्चेश्वरमा ८९५, सिगासमा १३९ र शिवनाथ ९१२ जना जिल्ला भित्रिएको बताइएको छ। चैत १० गते अघि जिल्ला भित्रिएका कोही पनि क्वारेन्टाइनमा बसेका छैनन भने उनीहरुको चेकजाँच समेत भएको छैन्।
 
जिल्लामा अहिले एक हजार ६ सय मात्र  आरडिटी कीट भएकाले थप कीट प्रदेश सरकारबाट मगाउने पहल भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए। यस्तै कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय संयन्त्रको बैठकले पालिकास्तरीय क्वारेन्टाइन निर्माणका कामलाई पनि तीव्रता दिने निर्णय गरेको छ। 

यस्तै राष्ट्रिय गौरवका आयोजना र प्रदेश गौरवका आयोजना सञ्चालन गर्न दिने र त्यसको अनुगमन समेत गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। यस्तै राहत वितरण प्रक्रियालाई प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत मात्रै गर्न पाउने व्यवस्थालाई कडाईका साथ लागू गर्ने निर्णय भएको उनले बताए। 

यसैगरी विवाह व्रतबन्धजस्ता शुभकार्यमा ५ जना मात्रै सहभागी भएर गर्न पाउने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए। बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा भइरहेका प्रयासलाई अझै प्रभावकारी बनाउने निर्णयसमेत गरेको छ।

प्रकाशित मिति: १७:३३ बजे, बिहीबार, वैशाख ११, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्