Kathmandu Press

‘धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ’

माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले  मात्र मनाउने भेषभुषा नभएको बताएका छन्। उनले आज सबैले आ–आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन्।
‘धोती दिवसलाई नेपाली संस्कृतिको रुपमा ग्रहण गर्नुपर्छ’

काठमाडाैं, पुस १७ : नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ।

जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरुले माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन्।

माइतीघर मण्डलामा भेला भएका अध्यक्ष राउतले आजको दिन एकल जातजातीले  मात्र मनाउने भेषभुषा नभएको बताएका छन्। उनले आज सबैले आ–आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने दिवस भएको बताएका हुन्।

‘यो एउटा रिमाइण्डर के हो भन्दा खेरी आज चाँही कुनै एउटा एकल जातजातीले मात्र मनाउने भेषभुषा दिवस होइन,’ उनले भने, ‘सबैले आ–आफ्नो मौलिक भेषभुषा लगाउने, आफ्नो भाषा बोल्ने त्यो दिवस हो। सबैलाई सम्मानको रुपमा भन्नकै लागि कसैले टोपि त कसैले धोती लगाएका छन्।’

उनले मौलिक संस्कृतिमा गर्व गर्ने हिसावले यो दिवस मनाएको भन्दै सबै नेपालीले संस्कृतिको रुपमा धोती दिवसलाई ग्रहण गर्न समेत आग्रह गरे।   
                                                                                                               
प्रकाशित मिति: १४:४८ बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्