Kathmandu Press

एमालेलाई भीम रावलको प्रश्न– पार्टीमा स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण केका लागि?

‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो। पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ। मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन। म छक्क परेँ पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र?’ 
एमालेलाई भीम रावलको प्रश्न– पार्टीमा स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण केका लागि?

काठमाडौं, पुस १७ : नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई कसरी स्पष्टीकरण सोधिन्छ ? भन्ने प्रश्न गरेका छन्। 

नयाँ पार्टी घोषणा कार्यक्रममा रावलले एमालेले आफूलाई सोधेको स्पष्टीकरणबाट आफैं छक्क परेकोे बताए। 

Hardik ivf

उनले एमालेको स्पष्टीकरण वा दोषपत्र के हो भन्ने बिषयमा आफु द्विविधामा परेको पनि बताए। 

उनले गत ६ कात्तिकमा स्पष्टीकरण हात परेको बताउँदै रावलले भने, ‘स्पष्टीकरण पत्र हो कि दोषपत्र भन्ने द्विविधा भयो। पत्र भीमबहादुर रावल नेकपा एमालेलाई लेखिएको रहेछ। मेरो नाममा सदस्य वा पद उल्लेख गरिएको छैन। म छक्क परेँ पार्टीको सदस्य वा कुनै स्थान नभएको व्यक्तिलाई स्पष्टीकरण सोधिन्छ र?’ 

पत्रकार सम्मेलनमा रावलले आफ्नो नाम र पद उल्लेख नहुनु एमालेका अध्यक्ष रहेका केपी ओलीको पूर्वाग्रह र चरम द्वेष रहेको दाबी पनि गरे। उनले एमालेको उक्त कार्यलाई निषेधात्मक मनस्थितिको प्रतिबिम्ब रहेको समेत बताए। 

निरङकुश ढंगले सदस्यता नै खाएपछि पार्टी छाड्न बाध्य भएको पनि उनले बताए। उनले आफुलाई ओलीसँग प्रतिश्पर्धा गरेका कारण पार्टीबाट निकालिएको दाबी पनि गरे। 

उनले पत्रकार सम्मेलनमा ‘सिद्धान्त सोधे उत्तेजित हुने के रोग लाग्यो नि?’ शीर्षकको ओली लक्षित कविता समेत सुनाए ।

प्रकाशित मिति: १४:४३ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्