Kathmandu Press

संसदका् हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी 

पुसको अन्तिमसम्ममा अधिवेशन बोलाउनेगरी छलफल अघि बढेको उनले बताए। 
संसदका् हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी 

काठमाडौं, पुस १७ : सरकारले संसदको हिउँदे अधिवेशन बोलाउन आन्तरिक तयारी गरेको छ। 

अधिवेशन बोलाउनेबारे सरकार अहिले आन्तरिक तयारीमा रहेको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए। पुसको अन्तिमसम्ममा अधिवेशन बोलाउनेगरी छलफल अघि बढेको उनले बताए। 

आगामी अधिवेशनबाट संसदमा विचाराधीन विधेयकहरूलाई टुंगोमा पुर्याउने तयारीमा सरकार छ । सोही बिषयमा अहिले सरकारमा छलफल अघि बढेको जनाइएको छ। 

विपक्षी दलहरूले सरकारले संसद अधिवेशन नबोलाएको भन्दै गुनासो गरीरहेका छन्। 

यसैबीच संसदमा विचाराधीन विधेयकहरू समय सीमाभित्रै पास गर्न विपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने तयारीमा सत्तारुढ गठबन्धनको संयुक्त कार्यदल जुटेको छ। 

प्रकाशित मिति: १४:३९ बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्