Kathmandu Press

जनमत पार्टीले माइतीघरमा मनायो धोती दिवस [तस्बिरहरू]

धोती मधेशी समुदायको पहिचान भएको बताउँदै कार्यक्रम नै गरेर धोती दिवस मनाइएको हो। 
जनमत पार्टीले माइतीघरमा मनायो धोती दिवस [तस्बिरहरू]

काठमाडौं, पुस १७ : जनमत पार्टीले टोपी दिवसको दिन काठमाडौंको माइतीघरमा धोती दिवस मनाएको छ। 

धोती दिवसको सन्दर्भमा विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा र्‍याली र कोणसभा समेत गरेका छन्। धोती मधेशी समुदायको पहिचान भएको बताउँदै कार्यक्रम नै गरेर धोती दिवस मनाइएको हो। 

आयोजकले धोती लगाएकै आधारमा कसैले पनि कसैमाथि भेदभाव गर्न नमिल्ने बताएका छन्। 

Photos-(16)-(2)-1735721163.jpg
 

अन्तर्राष्ट्रिय पोसाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउन पनि उनीहरुले माग गरेका छन्। ‘धोती भैया भनेर हेप्न पाईंदैन’ लगायत प्ले कार्ड बोकेर जनमत पार्टीका नेता–कार्यकर्ता ¥यालीमा सहभागी भएका थिए। 

धोती संस्कृतिको संरक्षणका लागि आह्वान समेत गरेका छन्। प्रदर्शन र कोणसभामा जनमतका अध्यक्ष सीके राउतसहित पार्टीका नेता र भातृ संगठनका नेताकार्यकर्ता सहभागी थिए।

Photos-(16)-(2)-1735721163.jpg

Photos-(12)-(3)-1735721153.jpg

CK-Raut-1-1735720936.jpg

Photos-(20)-(1)-1735721141.jpg

Photos-(4)-(3)-1735721142.jpg

Photos-(6)-(5)-1735721139.jpg

Photos-(1)-(11)-1735721140.jpg

Photos-(17)-(1)-1735721142.jpg


 

प्रकाशित मिति: १४:३४ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्