Kathmandu Press

भीम रावलले नयाँ पार्टी घोषणा गर्दै 

नयाँ पार्टी घोषणाका लागि अहिले रावल बबरमहलस्थित कार्की व्याङक्वेट पुगेका छन्। पत्रकार सम्मेलन गरेर आफ्ना भावी योजना सुनाएपछि पार्टी घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ। 
भीम रावलले नयाँ पार्टी घोषणा गर्दै 

काठमाडौं, पुस १७ : नेकपा एमालेबाट निष्कासित नेता डा.भीम रावलले आज नयाँ पार्टी घोषणा गर्ने भएका छन्। 

नयाँ पार्टी घोषणाका लागि अहिले रावल बबरमहलस्थित कार्की व्याङक्वेट पुगेका छन्। पत्रकार सम्मेलन गरेर आफ्ना भावी योजना सुनाएपछि पार्टी घोषणा गर्ने कार्यक्रम रहेको जनाइएको छ। 

रावल कार्की व्याङ्केट पुग्दा समर्थक र शुभचिन्तकले स्वागत गरेका छन्। एमालेले रावललाई गत पुस १० गते पार्टीको साधारण सदस्य नरहने गरी कारबाही गरेको थियो। 

प्रकाशित मिति: १३:२० बजे, बुधबार, पुस १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्