पाँच देशका नवनियुक्त राजदुतले लिए समक्ष सपथ
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गाेपनियताकाे शपथ लिएका हुन्।
काठमाडौं, पुस १७ : पाँच देशका लागि नवनियुक्त राजदूतले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक कार्यक्रममा उनीहरूले राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गाेपनियताकाे शपथ लिएका हुन्।
शपथ लिनेमा गणतन्त्र पोर्चुगल, मलेलिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम अधिराज्य र डेनमार्कका लागि नवनियुक्त राजदूत छन्।
राष्ट्रपतिको सचिवालयका अनुसार प्रकाशमणी पौडेल गणतन्त्र पोर्चुगल, डा. नेत्रप्रसाद तिम्सिना मलेसिया, प्राडा कपिलमान श्रेष्ठ गणतन्त्र दक्षिण अफ्रिका, सेवा लम्साल बेल्जियम अधिराज्य र सुम्निमा तुलाधर डेनमार्कले आज राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए।
प्रकाशित मिति: १३:३० बजे, बुधबार, पुस १७, २०८१
प्रतिक्रिया दिनुहोस्
थप समाचार












