Kathmandu Press

गैंडाको आक्रमणबाट एक महिला घाइते 

बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घाँस काट्न तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 
गैंडाको आक्रमणबाट एक महिला घाइते 

मकवानपुर, पुस १७ : मकवानपुरको मनहरीमा गैंडाको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। 

बुधबार बिहान मनहरी गाउँपालिका ६ लोथर खोला नजिक रहेको लामेदमार मध्यबर्ती सामुदायिक बनमा घाँस काट्न तथा गोबर टिप्न गएकी महिलालाई गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ। 

Hardik ivf

चितवन राप्ती नगरपालिका १ दुबिचौर घर भएकी अन्दाजी वर्ष ७० की दिलमायाँ स्याङ्तानलाई गैंडाले आक्रमण गरेको थियो।स्थानीयले हो–हल्ला गरेपछि गैडा जंगलतर्फ भागेको प्रहरीले जनाएको छ।

घाईते महिलाको हात,शरिर र निधारमा चोट लागेको र उनलाई उपचारको लागि चितवन पठाएको प्रहरीले जनाएको छ।
 
प्रकाशित मिति: ११:४६ बजे, बुधबार, पुस १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्