Kathmandu Press

सरकार लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत : देउवा

काठमाडौं, वैशाख ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लोकतन्त्रलाई कमजोर पार्ने खेलमा लागेको आरोप लगाएका छन्।&nbs....

सरकार लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत : देउवा

काठमाडौं, वैशाख ११ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार लोकतन्त्रलाई कमजोर पार्ने खेलमा लागेको आरोप लगाएका छन्। 

देउवाले लोकतन्त्रलाई कमजोर पार्ने खेलमा कांग्रेसलाई सैह्य नहुने बताएका हुन्। मुलुक कोरोना भाइरससँग जुधिरहेका बेला वर्तमान सरकारले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेश ल्याएर संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य मान्यतालाई उल्लंघन गरेको पनि बताए।

बिहीबार लोकतन्त्र दिवसका अवसरमा एक सन्देश जारी गर्दै देउवाले लोकतन्त्रलाई  आघात पु¥याउने गरी सरकारले गरेका कामको सबैले भत्र्सना गर्नुपर्ने बताएका छन्। उनले सविधानको मुल मर्म विपरीत ल्याइएका अध्यादेश तत्काल फिर्ता लिन पनि आग्रह गरे।

सभापति देउवाले वीर योद्धाहरुको साहस, सङ्कल्प र बलिदानको धरोहरको रूपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन नदिन सबैले प्रण गर्नु पर्नेमा जोड दिएका छन्।

देउवाले लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकाले यसको रक्षार्थ सबैलाई सजग हुन आग्रह पनि गरेका छन्।
 

प्रकाशित मिति: १७:१६ बजे, बिहीबार, वैशाख ११, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्