Kathmandu Press

सकिएन रवि लामिछानेको थुनछेक बहस, भोलि पनि जारी रहने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका ७ जनाको थुनछेक बहस बुधबार पनि जारी रहने भएको छ।
सकिएन रवि लामिछानेको थुनछेक बहस, भोलि पनि जारी रहने

काठमाडौं, पुस १६ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा लागेका ७ जनाको थुनछेक बहस बुधबार पनि जारी रहने भएको छ।

कास्की जिल्ला अदालतमा मंगलबारदेखि सुरू भएको बहस नसकिएपछि बुधबार पनि जारी रहने भएको हो।

Hardik ivf

जिल्ला न्यायाधीश नितिज राईको इजलासमा बयान सकिएपछि थुनछेक बहस सुरू भएको थियो।

मंगलबार अभियोजकको तर्फबाट सरकारी वकिलहरूले बहस गरेका थिए। बहसमा उनीहरूले लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका छन्।

थुनामा पठाउनुपर्ने आधारमा लामिछानेसहित विरूद्ध  दर्ता भएको कसुरमा प्रमाणीत भए तीन वर्षभन्दा बढी सजाय हुने व्यवस्था रहेको र तीन वर्षभन्दा बढी सजाय हुने अभियोगमा मुद्दा चलाइएकाहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने प्रावधान पनि रहेकाले सोअनुसार लामिछानेसहि सातै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरेका हुन्।

बुधबार सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्मा र सुजाता पौडेलले बहस गरेका थिए। बहस गर्दा गर्दै समय सकिएपछि भोलिदेखि पुनः बहस सुरू हुनेछ।

सहकारी पीडितका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयबाट नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, उच्च सरकारी वकिलको कार्यालयका सहन्यायाधिवक्ता गोविन्दराज गौली, जिल्ला न्यायाधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायाधिवक्ताहरू विपिनराज तिवारी, शर्मा र पौडेलले बहस गर्नेछन्।

प्रतिवादी रवि लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, डा. नारायण घिमिरे, रोहत बाँस्तोला, हरि सुवेदी लगायतले बहस गर्नेछन्।

प्रकाशित मिति: २०:०५ बजे, मंगलबार, पुस १६, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्