Kathmandu Press

सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ: गच्छदार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताएका छन्।
सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ: गच्छदार

विराटनगर, पुस १६ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताएका छन्।

कांग्रेस मोरङद्वारा आज आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेल मिलाप दिवस एवं नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन समारोहलाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने कुरामा जोड दिए।

लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उनले भने, 'नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी(एमाले)बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ ।'

नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै विपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।

युगद्रष्टा विपी कोइरालाले आजभन्दा ४८ वर्षअघि लिएको सो नीतिकै आधारमा कांग्रेस र नेकपा (एमाले)ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण गर्दै नेता गच्छदारले भने, 'विगतमा कांग्रेसको नेतृत्वको सरकारले विकास र समृद्धिको आधार खडा गरेको स्मरण गराए।

प्रकाशित मिति: १८:५४ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्