Kathmandu Press

एमालेलाई शक्तिशाली बनाउनेगरी 'मिसन ८४' मा लाग्न महासचिव पोखरेलको निर्देशन

नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।
एमालेलाई शक्तिशाली बनाउनेगरी 'मिसन ८४' मा लाग्न महासचिव पोखरेलको निर्देशन
फाइल तस्बिर।

बाँके, पुस १६ : नेपाल कम्युनिष्ट पार्टी  (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेलाई सबल राष्ट्रिय शक्ति बनाउने अभियानमा लाग्न पार्टी कार्यकर्तालाई आग्रह गरेका छन्।

नेकपा (एमाले) नेपालगञ्ज उपमहानगरपालिका कमिटीले मंगलबार नेपालगञ्जमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा उहाँले समृद्धिका लागि बहुमतको सरकार आवश्यक  पर्ने बताए।

महासचिव पोखरेलले ‘मिसन ८४’ अन्तर्गत एमालेलाई राष्ट्रिय शक्ति बनाउन सबै तहका नेता तथा कार्यकर्ताको सक्रिय भूमिका आवश्यक पर्नेमा जोड दिए।  मिसन ८४ मा केन्द्रित भएर काम गर्न उनले निर्देशन पनि दिए।

महासचिव पोखरेलले विश्वका अन्य देशमा एउटै राजनीतिक दल र नेताले दुई–तीन कार्यकाल सरकारको नेतृत्व गरिरहेको अवस्थामा हाम्रो देशमा  पनि सरकारले पूर्ण कार्यकाल सेवा गर्न नपाउँदा प्रमुख दुई दलबीच सहकार्य हुनु असामान्य नभएको टिप्पणी गरे।

प्रकाशित मिति: १७:५९ बजे, मंगलबार, पुस १६, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्